हाम्रा पहिला माग
न्याय र स्वच्छ राज्य
दुई कुरा पर्खन सक्दैनन्। न्यायबिना विश्वास हुँदैन, र स्वच्छ राज्यबिना कुनै योजना चल्दैन।
भदौ २३–२५ को न्याय
- भदौ २३–२५, २०८२ मा मारिएका सबै नागरिकलाई शहीद घोषणा।
- घाइते र मारिएकाका परिवारलाई निःशुल्क उपचार र राहत।
- स्वतन्त्र आयोगले ९० दिनभित्र सत्य सार्वजनिक गर्ने।
- शान्तिपूर्ण आन्दोलनकारी र आगजनी तथा लुटपाट गर्नेलाई छुट्याउने।
- गैरकानुनी हत्याको आदेश दिने वा गर्ने जोसुकै, जुनसुकै पदका भए पनि, अदालतमा।
- परिवारसँग सहमतिमा क्षतिपूर्ति नीति र सार्वजनिक स्मारक।
- गैरकानुनी बल प्रयोग फेरि नहोस् भनेर प्रहरी सुधार।
स्वच्छ राज्य
- अख्तियारका हरेक आयुक्तको सार्वजनिक सुनुवाइ।
- अख्तियारले संघ, प्रदेश, स्थानीय सरकार र राजनीतिक दलको छानबिन गर्ने।
- नागरिक र युवा कार्यदलले अख्तियारको निगरानी गर्ने।
- ९० दिनभित्र सबै वरिष्ठ नेता र अधिकारीको सम्पत्ति जाँच।
- नीतिगत भ्रष्टाचारमा सजाय हुने गरी कानुन संशोधन।
- भ्रष्टाचार उजुरीको सुरक्षित माध्यम, ३० दिनभित्र कारबाही सुरु।
- दलका प्रतिष्ठानले लिएको सार्वजनिक सम्पत्ति फिर्ता।
| समयसीमा | गर्नैपर्ने काम |
|---|---|
| हरेक हप्ता | सरकारी पत्रकार सम्मेलन |
| हरेक महिना | मन्त्रिपरिषद्का सबै निर्णय र खर्च सार्वजनिक |
| ३० दिन | नागरिकको हरेक भ्रष्टाचार उजुरीमा छानबिन सुरु |
| ९० दिन | भदौ २३–२५ बारे स्वतन्त्र प्रतिवेदन सार्वजनिक |
| ९० दिन | वरिष्ठ नेताहरूको सम्पत्ति विवरण जाँच |